एनसेल प्रकरणमा सरकार द्विविधामा छैन, कडा कारवाही हुन्छ : प्रवक्ता सापकोटा

केन्द्रभाग मिडिया

भक्तपुर ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक, जालसाजी र रहस्यमय भएको बताएका छन् । गठबन्धन दल र सरकारले अध्ययन गरेर निस्कने निष्कर्षअनुसार एनसेल खरिद विक्री प्रकरणमा कारवाही हुने उनको भनाइ छ ।

भक्तपुरमा बुधबार आयोजित सञ्चार–संवाद कार्यक्रममा प्रवक्ता सापकोटाले सत्तारुढ दलहरूले एनसेल प्रकरणलाई अस्वाभाविक मानेर एक शक्तिशाली छानविन समिति गठन गर्ने निर्णय गरेको स्पष्ट पारे ।

उनले भने, ‘एनसेलको शेयर खरिदबिक्री नै शंकास्पद, रहस्यमय र मुलुकलाई घाटा पार्ने खालको भएकाले यसलाई छानविन गरेर कडाइकासाथ कारवाही गर्नुपर्दछ, सरकार यस विषयमा कुनै द्विविधामा छैन ।’

  • २० मंसिर २०८०, बुधबार १६:३५ प्रकाशित