काठमाडौं ।
पछिल्लो समय राजनितीमा युवाको आर्कषण बढ्न थालेको छ । राजनितीमा पुस्ता हस्तान्तरणको चर्चा चलिरहेको बेला नेपाली कांग्रेसमा पनि यसपालि युवाको आकर्षण बढेको छ।
बागलुङमा शनिबार भएको प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट १८ वर्षीया उषा सापकोटा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी छन्। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत उषालाई बधाई दिदैँ पार्टीमा युवा आकर्षण बढेको बताएका छन्।
उनले २८६ ल्याएकी थिइन् जुन त्यहाँ सबैभन्दा बढी मत हो। उनी बागलुङको काँठेखोला गाउँपालिका ५ की हुन्।उनी बागलुङ क्षेत्र नम्बर १ (क) बाट प्रतिनिधि चुनिएकी हुन्।
वडा अधिवेशनदेखि नै युवाहरू पार्टी नेतृत्व लिन अग्रसर भएका छन् ।
१८ बर्ष पुग्दा उम्मेदवार l उम्मेदवार बनिसक्दा शानदार मतकासाथ विजयि ! प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी बाग्लुङकि उषा सापकोटालाई धेरैधेरै बधाई !
१० प्रतिशत किशोर केन्द्रीय सदस्य र प्रदेश कार्य समिति सदस्यको अवधारणा यिनै उदाउँदो अनुहारहरुका लागि ! जय नेपाल ! pic.twitter.com/CpJAxypVwO
— Bishwa Prakash शर्मा (@bishwaprakash77) November 21, 2021