घट्यो पेट्रोलियम पदार्थको मूल्य

केन्द्रभाग मिडिया

पोखरा ।
पेट्रोलिय पदार्थको मूल्य घटाएको छ । गएराति १२ बजे देखि लागु भएको मूल्यमा नेपाल आयल निगमले पेट्रोलमा दुई रुपैयाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटाएको हो ।

मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७० र डिजेल/मट्टीतेल प्रतिलिटर १ सय ६० रुपैयाँ पर्नेछ । नयाँ मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ ।

आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढेको छ । तर निगमले ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखेको छ ।

हाल ग्यास प्रतिसिलिन्डर १८ सय ९५ रुपैयाँ छ । यो मूल्यमा बिक्री गर्दा निगमलाई प्रतिलिसिन्डर ३ सय रुपैयाँ नोक्सानी रहेको प्रवक्ता मनोज ठाकुरले जारी विज्ञप्तिमा उल्लेख छ ।

 

  • १५ मंसिर २०८०, शुक्रबार ०६:१८ प्रकाशित