प्रेमी सम्भवसँग बिहे गर्दै मिस नेपाल शृंखला खतिवडा

केन्द्रभाग मिडिया

काठमाडौं ।

मिस नेपाल-२०१८ शृंखला खतिवडा र कान्तिपुर पब्लिकेसनका प्रबन्ध निर्देशक सम्भव सिरोहिया विवाह गर्दैछन्। उनीहरूले मंसिर २८ गरे विवाह गर्न लागेका हुन्।

असोज २८ गते शृंखलाले इन्स्टाग्राममार्फत आफू सम्भवसँग प्रेममा रहेको सार्वजनिक गरेकी थिइन‍्।शृंखला सन् २०१८ मिस नेपालकी विजेता हुन्। उनी पेशाले इन्जिनियर हुन्। उनी हालै हार्वर्ड विश्वविद्यालयमा स्नातकोत्तर पढेर फर्केकी हुन्।

मंसिर २८ गते विवाहको लगन जुरेको शृंखलाका बुवा विरोध खतिवडाले बताएका छन् । सँग विवाह हुन लागेको हो।सम्भव सिरोहिया केही महिनाअघि सम्भव कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए।

  • १४ मंसिर २०८०, बिहीबार १२:३१ प्रकाशित