प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकको ५० लाख सहयोग

केन्द्रभाग मिडिया

काठमाडौँ ।

जाजरकोट केन्द्रबिन्दु भएर गत कार्तिक १७ गते गएको भूकम्प प्रभावितका लागि नेपाल बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सो रकम सहयोग गरेको हो ।

नेपाल बैंकसञ्चालक समितिका अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीले बालुवाटारमा आज आयोजित एक कार्यक्रममा ५० लाखकोे चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य विवेक शम्शेर जबरा, कामु प्रमुख कार्यकारी अधिकृत समता पन्त, कम्पनी सचिव केशव प्रसाद भण्डारी तथा बरिष्ठ प्रबन्धक विश्वराज भण्डारी समेतको उपस्थिति रहेको थियो ।

  • ११ मंसिर २०८०, सोमबार १५:३१ प्रकाशित