मोबाइल चार्ज गर्दा करेन्ट लागेर १५ वर्षीय किशोरको ज्यान गयो

केन्द्रभाग मिडिया

महोत्तरी ।

महोत्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक किशोरको ज्यान गएको छ ।

जलेश्वर नगरपालिका-१२ थरुवाहीस्थित मामाघर गएका धनुषा जनकपुर उपमहानगरपालिका-७ बस्ने रामेश्वर महतोको छोरा १५ वर्षीय रोहित महतोको करेन्ट लागेर आइतबार दिउँसो ज्यान गएको हो ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

  • ११ मंसिर २०८०, सोमबार १५:०९ प्रकाशित