दैलेख ।
दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको ज्यान गएको छ । ज्यान जानेमा नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार उनकी श्रीमती सीता योगीले भाँडा प्रहार गरेपछि चोट लाग्न गई उनको ज्यान गएको हो । श्रीमान्–श्रीमतीबिचको आपसी झगडा बढेपछि सीताले भड्डु प्रहार गरेकी थिइन् ।
भीमले पहिला हात छाडेको बताइएको छ । त्यसपछि श्रीमतीले पनि त्यही भाँडाले हिर्काउदाँ टाउकोमा चोट लागेर धेरै रगत बगेपछि भीमको ज्यान गएको प्रहरीले बताएको छ । सीतालाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ ।














