पोखरा ।
पोखरामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
पर्सा ठोरीका विशाल दिसवा थारु पोखरा आउँदै गरेको अवस्थामा लागूऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
हिजो (शनिबार)राती साढे १० बजेको समयमा पोखरा आउँदै गरेको हाईसमा सवार विशाल पोखरा महानगरपालिका वडा नम्बर ३० पावरहाउस चोकबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनको साथबाट १७७ पिस नाईट्रोभ्याट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । उनीमाथि लागू औषधसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ ।














