नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल नर्सिङ परिषद्ले पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै परिषद्ले नतिजा प्रकाशित गरिएको जानकारी दिएको हो । यसको विस्तृत नतिजा परिषद्को वेबसाइट र नेपाल नर्सिङ परिषद्को सूचना पाटीमा हेर्न सकिने जनाइएको छ ।

साथै, परीक्षामा अनुत्तीर्ण परीक्षार्थीहरूले आगामी परीक्षामा सामेल हुन पाउनेछन् भने उत्तीर्ण भएका परीक्षार्थीहरूले अनलाइन लगइन गरी   १२०० खल्तीमार्फत भुक्तानी गरी प्रमाणपत्रका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

प्रमाण पत्र लिन आउँदा परीक्षाका लागि पेस गरेका सम्पूर्ण शैक्षिक प्रमाण पत्रहरू लगायत नागरिकताको सक्कल प्रति, प्रवेश पत्रमा भएको फोटोको सक्कल २ प्रति र अनलाइन लगइन लिएर परिषद्‌मा आउनुपर्ने सूचनामा उल्लेख छ ।

  • १० मंसिर २०८०, आईतवार ०९:३५ प्रकाशित