भोलिदेखि दुर्गा प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शुक्रवारबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईंले शुक्रवारबाट युवा विद्यार्थीले बिहीबार प्रदर्शन गरेको स्थानमा प्रदर्शन गर्ने भएका हुन् ।

प्रसाईंले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् ।

  • ७ मंसिर २०८०, बिहीबार १७:०३ प्रकाशित