काठमाडौं ।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई हेडक्वाटर बोलाएका छन् ।पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका कार्कीले डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाएका हुन् ।
पीसीसीमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरु सहभागी हुन्छन् । पीसीसी बैठक २ बजे बस्ने बताइएको छ । तर डीआईजीहरुलाई हेडक्वाटर किन बोलाइयो भन्ने खुलेको छैन ।












