धनकुटामा एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा मृत भेटिए

केन्द्रभाग मिडिया

विराटनगर ।

धनकुटामा एकै परिवारका ३ जना झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । धनकुटा नगरपालिका वडा नम्बर १ निगालेका स्थानीय टिकाराम गुरुङको परिवारका ३ जना झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ल प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा र १० वर्षीय छोरा आयुष आज बिहान घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ ।
संखुवासभाको चैनपुरस्थित नुनढाकी स्थायी घर भएको गुरुङ परिवार करिब १२ वर्ष अघिदेखि निगालेका लाल श्रेष्ठको खाली घरमा बस्दै आएको थियो ।

ज्याला मजदुरी गर्दै आएका टिकारामको परिवारमा चार जना थिए । ६ वर्षीय छोरी आशिका बाहेक सबै जना मृत भेटिएका हुन् ।

  • ७ मंसिर २०८०, बिहीबार १०:१४ प्रकाशित