पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा थियो ।
आज युरो एकको खरिददर १४५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०१ पैसा रहेको छ ।यस्तै आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६२ पैसा रहेको छ ।
आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९ रुपैयाँ ०१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६४ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ५१ पैसा र बिक्रीदर २८ रुपैयाँ ६३ पैसा रहेको छ ।