पोखरामा ड्रग्ससहित तीन युवक पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा ड्रग्सहित तीन युवक पक्राउ परेका छन् ।

उदयपुर स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ५ मासबार बस्ने वर्ष २३का जिवन वि.क,अर्घाखाँची स्थायी घर भई हाल हाल पोखरा ८ सितलमार्ग बस्ने बर्ष २५ का प्रविण पौडेल र पोखरा ९ संगममार्ग बस्ने बर्ष २३ का कुशल विक्रम खाँण ठकुरी ड्रग्ससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

जिवनको साथबाट लागू औषध ५ चक्की,प्रविणको साथबाट ५०७ चक्की लागू औषध नाइट्रोभ्याट र विक्रमको साथबाट लागू औषध नाईट्रोभ्याट ३०० चक्की गरि ८१२ चक्की लागू औषध बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • ५ मंसिर २०८०, मंगलवार ०९:३४ प्रकाशित