पोखरा ।
पोखरामा माछा मार्ने क्रममा दुई जनाको ज्यान गएको छ ।
हिजो सोमबार साँझ ६ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बार २९ पटनेरीका ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीय सावित्री सुनारको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनीहरुको खेतमा पानी लैजाने कुलोमा माछा मार्नको लागि करेन्ट लगाउने क्रममा करेन्ट लागि ज्यान गएको प्रहरीले जनाएको छ । माछा मार्ने क्रममा करेन्ट लागि घाईते भएका श्रीमान श्रीमतीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उनीहरु मुस्ताङको जोमसोम घर भई हाल पटनेरीमा डेरा गरि बस्दै आएका थिए ।














