सर्वोच्च गेटमा जबराको खुलेरै विरोध: माफिया र तस्करको सेवामा तल्लिन भएको आरोप

केन्द्रभाग मिडिया

काठमाडौं ।

कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा दलाल, माफिया र तस्करको सेवामा तल्लिन भएको आरोप लगाएका छन् ।प्रधानन्यायाधीश सर्वसाधारणका लागि नभइ दलाल माफिया र तस्करको भएको आरोप लगाएका हुन् ।

जबरा कै कारणले न्यायिक क्षेत्रमा भष्टाचार मौलाएको उनीहरुको भनाई छ । शुक्रबार सर्वोच्चको मूल गेटमा धर्नापछि कोणसभामा बोल्दै कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशविरुद्ध खुलेरै विरोध जनाएका हुन्।

उनले जनआन्दोलन र जनयुद्धभन्दा धनयुद्ध झनै खतरानाक हुने बताए। ‘जनआन्दोलन र जनयुद्धभन्दा धनको युद्ध खतरानाक रहेछ। चोलेन्द्र विरुद्धको आन्दोलनले यही सावित गर्यो,’ कानुनव्यवसायीहरुले धर्नामा बोल्दै भने ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारका ९० वटै ईकाईबाट आान्दोलनमा सहभागी हुने सुझावको आधारमा नयाँ आन्दोलन आवश्यक भएको बताए।

  • ३ मंसिर २०७८, शुक्रबार १४:२५ प्रकाशित