कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सुरु : ६ एजेन्डामा छलफल हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा विभिन्न ६ एजेन्डामाथि छलफल हुने कांग्रेसले जनाएको छ।

कांग्रेसका अनुसार संगठनको आगामी कार्यभार – हामी तयार छौं अभियान, भोटेकोशी र बूढीगण्डकी विपद्पछिको पुनस्स्थापना र पुनर्निर्माण, विस्थापित सुकुमवासीहरूको व्यवस्थापन लगायत नागरिकका सरोकारका विषय, सरकारका पछिल्ला गतिविधिहरू, स्थानीय निर्वाचनबारे प्रारम्भिक छलफल र विविध एजेन्डामा छलफल हुँदैछ।

बैठकमा बोल्ने प्रत्येक केन्द्रीय सदस्यलाई पाँच मिनेटको समय निर्धारण गरिएको छ।

  • ८ मंसिर २०८३, मंगलवार १५:२२ प्रकाशित