फेरि सर्‍यो कांग्रेस महासमिति बैठक

केन्द्रभाग मिडिया

नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ।

मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो।बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मिनबहादुर विश्वकर्माले बताए।

उनले यसअघि मंसिरको १३-१५ सम्म बैठक बस्ने भनेपनि सफल नभएको र आईतवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भनेपनि चाडपर्वको कारण पुनः सार्नुपरेको बताए। उनले अब राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट बैठक बस्ने बताए।

  • २१ कार्तिक २०८०, मंगलवार १६:२६ प्रकाशित