आज माधव नेपाल चीन जाँदै

केन्द्रभाग मिडिया

चीन ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आज चीन जादैंछन् ।अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल मंगलबार राति चीन जादैँछन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा साताव्यापी चीन यात्रामा आउन लागेका नेपालसँग १४ जनाको टोली रहेछ । नेपाल नेतृत्वको टोलीले युनान प्रान्तको खुमनिङ शहरबाट भ्रमण शुरु गर्छन् ।

नेपाली समय अनुसार मंगलबार साँझ चाइना इष्टनको काठमाडौं खुमनिङ सीधा उडानबाट चीन आउन लागेका अध्यक्ष नेपाल टोलीसँग बुधबार युनान प्रान्तका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग छलफल कार्यक्रम राखिएको छ । अध्यक्ष नेपाल नेतृत्वके टोलीमा कृषिमन्त्री डा। बेदुराम भुषाल पनि सहभागी रहने छन् ।

युनान प्रान्तको आधुनिक कृषि प्रविधिका बारेमा टोलीलाई जानकारी दिने र युनान र नेपाल सरकारबीच कृषि प्रविधि आदानप्रदानका विषयमा छलफल हुने जनाइएको छ । युनान प्रान्तमा हुने राजनीतिक भेटघाट सकिएपछि अध्यक्ष नेपालको टोली राजधानी बेइजिङ पुगेर चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखलगायतका नेताहरुलाई भेट र छलफल गर्नेछन् ।

नोभेम्बर १४ ९कार्तिक २८० गते फर्किनुअघि नेपालको टोलीले दुई राजनीतिक दलबीचको सहकार्यका बारेमा छलफल गर्नेछन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले नेपाली नेताहरुलाई पालैपालो जनवादी गणतन्त्र चीन भ्रमणको निम्तो दिएरहेको छ । सेप्टेम्बर महिनाको अन्तिम साता एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साताव्यापी चीन भ्रमणपछि चीनले पालैपाले दुई पूर्व प्रधानमन्त्रीको चीनमा स्वागत गरेको हो ।

गत अक्टोवर १८ मा राजधानी बेइजिङ्मा भएको तेस्रो बेल्ट एण्ड रोड इनिसिएटिभ ९बीआरआई० फोरममा सहभागी हुन पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीन गएका थिए ।

  • २१ कार्तिक २०८०, मंगलवार ०९:१८ प्रकाशित