काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले १० दिने युरोप भ्रमण तत्कालको लागि स्थगित गरेका छन् ।
देशको असहज परिस्थिति र संकटपूर्ण घडीलाई मध्यनजर गर्दै युरोपका ३ देशको भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले बताएका छन् । पौडेल यही कात्तिक २२ गतेदेखि १० दिनका लागि फ्रान्स, इटली र जर्मनीको भ्रमण गर्ने तालिका थियो ।
भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भयो, त्यही कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको छ’ उनले भने ।















