जाजरकोट भुकम्प

भूकम्पमा ज्यान गुमाएकामध्ये १२० शव आफन्तले बुझे, ३७ शव बुझाउन बाँकी

केन्द्रभाग मिडिया

जाजरकोट ।

जाजरकोट भूकम्पमा परी ज्यान गुमाएका १५७ जनामध्ये १२० जनाको शव आफन्तले बुझेका छन् । ३७ शव भने बुझाउन बाँकी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

भूकम्पमा परी जाजरकोटमा १०५ जनाको ज्यान गएको छ भने १०६ जना घाइते भएका छन् । त्यसै गरी रुकुम पश्चिममा ५२ जनाको ज्यान गएको छ भने १३२ जना घाइते भएका छन् ।

त्यसै गरी दैलेखमा ३ जना, जुम्लामा ३ जना, सल्यानमा २ जना, प्युठानमा ३ जना, बैतडीमा घाइते ३, रोल्पा र दाङमा एक एक जना गरी जम्मा २५४ जना घाइते भएका छन् ।

भूकम्पका कारण भौतिक संरचनामा व्यापक क्षति भएको छ । सरकारले पीडितलाई लक्षित गरी विशेष राहत प्याकेजको घोषणा गर्ने तयारी गरिरहेको छ ।

  • १९ कार्तिक २०८०, आईतवार ०९:०२ प्रकाशित