उदयपुरबाट पोखरा आउँदै गरेको बस दुर्घटना, ३४ जना घाइते

केन्द्रभाग मिडिया

 

पोखरा ।
उदयपुरबाट पोखरा तर्फ आउँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा त्यसमा सवार ३४ जना घाइते भएका छन् ।

ना ५ ख १७ नम्बरको उक्त बस पृथ्वी राजमार्ग अन्तर्गत व्यास १२ कमलबारी सडक खण्डमा दुर्घटना भएको तनहुँ प्रहरीले जानकारी दिएको छ । विहान ५ः१५ बजे बस दुर्घटना भएको र घाइतेहरुलाई उद्दार गरि विभिन्न अस्पताल पठाइएको तनहुँ प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

उनका अनुसार १६ जनालाई उपचारका लागि पोखरा र चितवनका विभिन्न अस्पतालमा रिफर गरिएको छ भने बाँकी घाइतेहरुको समान्य अवस्थामा स्थानीय अस्पतालमा उपचार भएको छ ।

  • १८ कार्तिक २०८०, शनिबार ११:१८ प्रकाशित