जाजरकोट भूकम्प

भूकम्पमा ज्यान गुमाउनेको संख्या १२८ पुग्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

जाजरकोटमा गएराति गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या बढ्ने १२८ जना पुगेको छ ।

जाजरकोट र रुकुम (पश्चिम) मा गरी १२८ जनाको ज्यान गुमेको प्रहरीले जानकारी दिएको हो । जाजरकोटमा ९२ र र रुकुम (पश्चिम) मा ३६ जनाको ज्यान गुमेको छ ।

जाजरकोटमा ७० र रुकुम (पश्चिम) मा ८५ गरी १५५ जना घाइते भएका छन् । रोल्पामा थप एकजना घाइते भएका छन् । बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्र विन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

  • १८ कार्तिक २०८०, शनिबार ०८:४५ प्रकाशित