तारा एयरका दुई पाइलटबीच विमानस्थलमै कुटाकुट

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

तारा एयरका दुई पाइलटबीच विमानस्थलमै कुटाकुट भएको छ ।

रामेछाप विमानस्थलमा आज(शुक्रबार) बिहान ८ बजे तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच कुटाकुट भएको नागरिक उड्डयान प्राधिकरणले जनाएको छ । तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका क्याप्टेन सन्तोष र अर्का क्याप्टेन सञ्जीव बिच विमानस्थलको एप्रोनमा कुटाकुट भएको बताइएको छ ।

घटनापछि क्याप्टेन सन्तोष साहले आफूलाई हातमा चोट लागेको जनाएको बताइएको छ । कुटाकुटको कारण भने नखुलेको छैन र घटनाको जाँच विवरण लिन लागिएको रामेछाप विमानस्थलले जनाएको छ ।

प्राधिकरणको अनुसार, दुवै जना क्याप्टेनको ड्युटी अदलीबदलीको समय थियो । क्याप्टेन सञ्जीव श्रेष्ठ भने जहाज लिएर लुक्ला पुगेका छन् । उनलाई र उक्त जहाजलाई लुक्ला विमानस्थलमै ग्राउन्डेड गरिएको छ ।

घटनापछि प्राधिकरणले क्याप्टेन श्रेष्ठको पाइलट इजाजतपत्र खारेज गर्ने तयारी गरेको छ ।घटनाका बारेमा तारा एयरलायन्सले इन्क्वायरी भइरहेको जनाएको छ ।

  • १७ कार्तिक २०८०, शुक्रबार ११:०३ प्रकाशित