संसद्को चालु अधिवेशन राति १२ बजेबाट स्वत:अन्त्य

केन्द्रभाग मिडिया

काठमाडौँ ।

संसद्को चालु अधिवेशन अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउँदै संसद्को अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८०/७/१६ को सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन २०८० साल कात्तिक १६ गते राति १२ बजेदेखि अन्त्य गरेको छु’, सभामुखले राष्ट्रपतिको पत्र सुनाउँदै सदनलाई जानकारी दिए ।

  • १६ कार्तिक २०८०, बिहीबार १६:५२ प्रकाशित