प्रम देउवालाई भेटदैँ अमेरिकी सहायक विदेशमन्त्री लु

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन् ।

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री लुले देउवासँग बालुवाटारमा भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले पनि आज अमेरिकी सहायक विदेशमन्त्रीसँग प्रधानमन्त्रीको भेटवार्ता हुने जानकारी दिएको छ ।

लुले शुक्रबार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा लुनले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकनसमेत गर्नेछन् ।

आजै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्ने कार्यक्रम छ । उनले नेपाली अधिकारी र नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ।

  • २ मंसिर २०७८, बिहीबार १०:०० प्रकाशित