क्रान्तिको बाँकी कार्यभार पूरा गर्न नै बाँकी छ : उपमहासचिव गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पूरा पूरा गर्न नै बाँकी रहेको बताएका छन् । नव निर्वाचित नेकपा एमाले गण्डकी प्रदेश कमिटीको सपथग्रहण कार्यक्रमलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उपमहासचिव गुरुङले मुलुक संघीय लोकतान्त्रिक व्यवस्थामा परिणत भएपनि त्यस अनुरुपका सोच र संरचना निर्माण अझै हुन नसकेको धारणा राखे । पुरानै व्यवस्थाले स्थापना गरेका पुरानै शैलीका संरचना र कार्यशैलीले नयाँ व्यवस्थालाई संस्थागत गर्न नसक्ने उनको भनाई छ ।

उनले राज्यका विभिन्न निकायहरुलाई अझैपनि व्यवहारिक रुपमा संघीय साशन व्यवस्थाको मर्म अनुरुप ढाल्न नसकिएको उल्लेख गरे । उनले त्यसका लागि एमालेले समेत नयाँ सोच र शैलीमा काम गर्न जरुरी रहेको औंल्याए ।

एमालेका जनवर्गिय संगठन पार्टी द्वारा परिचालित हुनुपर्ने, सबैले क्षमता अनुरुपको अवसर प्राप्त गर्नुपर्ने र एमालेलाई बलियो बनाउने साझा मिसन हुनुपर्ने उनले बताए ।

एमालेले अहिलेसम्म एकल बहुमत ल्यान नसकेको चर्चा गरेका उनले अगामी निर्वाचनमा एमालेले बहुमत नल्याए मुलुकमा स्थायित्व नआउने धारणा राखे । देशको समृद्धि र विकासका लागि एमालेको सबै तहमा विजय हुनुपर्ने उनको भनाई थियो ।

  • १३ कार्तिक २०८०, सोमबार १५:२७ प्रकाशित