प्याजको मूल्य वृद्धि हुने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली बजारमा प्याजको मूल्यवृद्धि हुने देखिएको छ । भारतमा प्याजको मूल्यवृद्धि भएसँगै नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको प्याजको मूल्य १५ दिनमा वृद्धि भएर ७० रुपैयाँ पुगेको छ । नेपाली बजार तथा भान्सा प्याजका लागि मुख्य गरी भारतमाथि नै निर्भर छ ।

उता मूल्यवृद्धि हुँदा यता प्रत्यक्ष असर पर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा। महादेव प्रसाद पौडेलले बताए । ‘नेपाली बजार भारतीय बजारमा पूर्णरुपमा निर्भर छ ।’ उनले भने, ‘उताका वस्तुमा मूल्यवृद्धि हुँदा यता पनि भाउ बढ्छ नै ।’

पुरानो मूल्यमा खरिद गरेको प्याज नयाँ मूल्यमा विक्री गर्न नदिन सरोकारवालाले अनुगमनमा जोड दिनुपर्ने पौडेलले सुझाए । ‘ भारतले केही समयअघि प्याज निर्यातमा ४० प्रतिशत भन्सार शुल्क लगाएसँगै नेपालमा प्याजको मूल्य ८० देखि ९० रुपैयाँ प्रतिकिलो पुगेको पुगेको थियो ।

  • १० कार्तिक २०८०, शुक्रबार १६:३३ प्रकाशित