धादिङका भलिबल खेलाडी श्रेष्ठ झुण्डिएको अवस्थामा भेटिए

केन्द्रभाग मिडिया

काठमाडौं ।

धादिङका भलिबल खेलाडी मनोजकुमार श्रेष्ठ झुण्डिएको अवस्था मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी सन्तु जैसवालका अनुसार, सिद्धलेक गाउँपालिका-३, ढोडेनीमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको छ ।श्रेष्ठ आज बिहान ६ बजेर ४५ मिनेटको समयमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

श्रेष्ठ बुधबार नलाङ खिर्रेमा भएको तमु युवा समाज खुला पुरुष भलिबल प्रतियोगितामा सहभागी थिए ।उनी धादिङको टिमका कप्तान थिए । उनी नेतृत्वको टोलीले बुधबार भएको खेल जितेको थियो ।

श्रेष्ठको मृत्युको कारण पोष्टमार्टम जाँचपछि खुल्ने प्रहरीले बताएको छ । घटनास्थल आसपास हालसम्म सुसाइड नोट वा अन्य कुनै संकेत फेला परेको छैन ।

  • ९ कार्तिक २०८०, बिहीबार १०:१६ प्रकाशित