सभापतिका लागि महत पनि थपिए, भन्छन् : ‘चुनाव लडेँ सभापतिमै लड्ने हो’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा रामशरण महतले आफु सभापति पदमै चुनाव लड्ने बताएका छन् ।

उपसभापतिमा पदमा चुनावमा उठ्ने हल्ला चलिरहँदाँ महतले भने आफु चुनाव लडे सभापति मै लड्ने दाबी गरेका छन् । महत डा. शेखर कोइराला समूहबाट उपसभापति पदमा चुनाव लड्ने भन्‍ने चर्चा रहेको थियो ।

‘महतले भनेका छन्,‘उनीहरूको इच्छा होला म उपसभापतिमा चुनाव लडोस्, त्यो उनीहरूको प्रस्ताव होला’ ‘तर म चाहिँ चुनाव लडेँ भने सभापतिमै चुनाव लड्ने हो ।’

यसअघि कांग्रेसमा सभापतिका निम्ति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशनमान सिंह, डा. शेखर कोइराला, डा.शशांक कोइराला, कल्याण गुरुङ प्रतिस्पर्धामा उत्रने तयारीमा छन् ।

 

  • १ मंसिर २०७८, बुधबार १०:३० प्रकाशित