पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले स्वरुप परिवर्तन गरेर होहल्ला गर्ने १०८ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । २१ असोज देखि ३० असाजसम्म १० दिनमा उक्त संख्यामा स्वरुप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिएका छन् ।
उनका अनुसार यसरी नियन्त्रणमा लिइएका मोटरसाइकल चालकलाई कारबाही गर्दा १ लाख ८ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
पोखरामा मोटरसाईकलको स्वरूप परिवर्तन गरी ध्वनी प्रदूषण गर्दै हिँड्ने विभिन्न कम्पनीका मोटरसाइकल यस अगाडिबाटै प्रहरीले नियन्त्रणमा लिई कारवाही गर्दै आएको छ ।
यसरी स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकका अभिभावकको रोहबरमा मोटरसाइकल जिम्मा लगाई छाडिने गरेको छ ।