कोशीका मुख्यमन्त्री कार्कीले आज शपथ लिंदै

केन्द्रभाग मिडिया

विराटनगर ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो दुई बजे शपथ ग्रहणको कार्यक्रम रहेको बताएको छ ।

कांग्रेस विद्रोही समूहका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।मुख्यमन्त्री कार्कीले आजै आफूलाई सहयोग गर्ने नेकपा एमाले र कांग्रेस विद्रोही समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

कांग्रेस विद्रोही समूहका दुई र एमालेका दुई जनालाई मन्त्री बनाउने तयारी रहेको बताइएको छ ।

  • २८ आश्विन २०८०, आईतवार ११:१५ प्रकाशित