म्याग्दी ।
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कोरोनालाई देखाउर अब विकास निर्माणलाई प्रभावि पार्र्न नपाइने बताएका छन् । अर्थ मन्त्रालयले मंगलबार म्याग्दीमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले अब नतिजा दिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिदै अब कोरोनालाई देखाएर विकास निर्माणलाई प्रभाव पार्न नपाइने बताएका हुन् ।
हाल कोरोनाको प्रभाव विस्तारकै कम हुदै आएकोले बहिरीको रुपमा रहेको कोरोनाबाट सचेत हुदै विकास निर्माणलाई गति दिने गरी अघि बढ्न मन्त्री बरालले आग्रह गरे । थोरै बजेट र खुद्रे बजेट आएको भन्ने प्रश्नमा मन्त्री बरालले प्राप्त बजेट प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने बताए ।
अभ्यासकै क्रममा रहेको हुदा तीन तहका सरकार बीच समन्वय, सहकार्य र सहअस्तित्व हुन नसक्दा कार्यक्रमहरु प्रभावकारी हुन नसकेको उनको भनाई छ । प्रदेशले आन्तरिक श्रोतलाई कसरी बृद्धि गर्न सकिन्छ । त्यसको श्रोतहरु के के हुन्, त्यस तर्फ सवैको ध्यान केन्द्रित हुनु पर्ने धारणा उनले राखे । करको दर भन्दा दायराका क्षेत्रहरुमा ध्यान केन्द्रित हुनु गर्नुपर्नेमा उनको जोड थियो ।
अर्थ मन्त्रालयका सचिव बैकुण्ठ प्रसाद अर्यालले म्याग्दी जिल्लाको संक्षिप्त कार्यप्रगती पेश गर्दै गत बर्ष ७१.४३ प्रतिशत बजेट कार्यान्वयन भएकोमा यस बर्षको पहिलो चौमासिकमा करिब ८ प्रतिशत बजेट खर्च भएको बताए । बहुबर्षीय योजनाहरुमा कम्तिमा पनि २० प्रतिशत बजेट सुनिश्चित नभएसम्म कार्यान्वयनमा लैजान नसकिने उनले प्रष्ट्याए । एउटै कार्यक्रममा दुई योजना भए एउटा मात्र कार्यक्रम लागु हुने सचिव अर्यालले जानकारी दिए ।
कोष लेखा तथा नियन्त्रक कार्यालय म्याग्दीका युक्तप्रसाद शर्माले अझै पनि ४० देखि ४५ प्रतिशत बजेट खर्च असारमा हुने हुँदा यसलाई समयमै सुधार गर्नुपर्ने बताए । पूर्वाधार विकास कार्यालय म्याग्दीका सन्तोस अर्यालले बहुबर्षीय योजनाहरु यसै बर्ष संचालनको लागि आवश्यक बजेट विनियोजन नभएको गुनासो गरे ।
स्वास्थ्य कार्यालय म्याग्दीका एकनारायण लम्सालले लेखा तथा प्रशासनका कर्मचारी अभाव भएको गरे । कोरोनाबाट म्याग्दीका ८२ जनाको ज्यान गुमेको र हाल ४ जना कोरोनाका बिरामी भएको उनले बताए । १८ बर्ष माथिका करिब ५५ प्रतिशत जनसंख्यालाई कोरोना बिरुद्धको खोप उपलब्ध गराइएको लम्सालले जानकारी दिए ।