पोखरा ।
गण्डकी प्रदेशमा हाल ३३१ जना सक्रिय संक्रमित रहेक छन् । जसमध्ये २९६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २६२ नमुना परीक्षण गर्दा प्रदेशभर २७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले बताएको छ । सोही समयमा प्रदेशमा २३ संक्रमित निको भएका छन् ।संक्रमित हुनेमा म्याग्दीमा २, लमजुङका १, तनहुँका १,कास्कीका १३, बागलुङका ४ र नवलपरासीका ६ जना रहेका छन् । १४ महिला र १३ पुरुष गरि २७ जनामा संक्रमण देखिएको हो ।
यो सँगै प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८७ हजार ६९८ पुगेको छ भने निको हुनेको संख्या ८५ हजार ९६४ रहेको छ ।
हालसम्म प्रदेशमा ३ लाख ४९ हजार २८३ जनाको परीक्षण भएको छ । प्रदेशमा संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ हजार ४०३ रहेको छ ।