पोखराको प्याराग्लाईडिङ पुनः ताेरीपानीबाट उडाउने तयारी

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको प्याराग्लाइडिङ पुनः तोरीपानीबाट उडान हुने भएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्याटन पहिले सराङकोट र तोरीपानीबाट उडान भर्दै आएका प्याराग्लाईडिङ मान्द्रेढुंगा स्थानान्तरण गरिएको थियो ।

बुधबार नेपाल हवाई खेलकुद संस्था (ना) को २० औँ साधारण सभामा संस्थाका अध्यक्ष सुनिलबहादुर भट्टराईले तोरीपानीबाट उडान गर्नका लागि नागरिक उड्डयन प्राधिकरण सहमती भएको जानकारी दिए । भट्टराईले दशै आगवै तोरीपानीबाट उडान सुरु हुने बताए ।

अन्तर्राष्ट्रिय उडानमा अवरोध हुने भन्दै प्राधिकरणले प्याराग्लाइडिङ पोखराबाट हटाउनुपर्ने अडान लिदै आएको थियो । पोखराका पर्यटन व्यवसायीले पोखराबाट प्याराग्लाइडिङ हटाउदा पोखराको पर्यटन नै संकटमा पर्ने भन्दै व्यवस्थापनमा जोड दिएका थिए । त्यस पछि मान्द्रेढुंगाबाट उडान गर्न प्राधिकरणले अनुमती दिएको थियो । सराङकोट र तोरीपानी भन्दा मान्द्रेढुंगा करिब ७ किलोमिटरको दुरीमा पर्छ ।

अहिले मान्द्रेढुङगाबाट उडान गरेको प्याराग्लाईडिङ पामेमा अवतरवण गरिदै आएको छ ।

उडानलाई तोरी पानीबाट सुरु गर्ने र खपौदी,चंखपुर क्षेत्रमा ल्याण्डिङका लागि तयारी भइरहेको भट्टराइले बताए । सम्भावतीत अन्य स्थानको समेत अहिले अध्यन भइहरको र टेकअफ र ल्याण्डीङका लागि नयाँ गन्तब्य स्थापीत गर्ने प्रयास भएको छ ।

नाको २० औँ साधारणको उद्याटन गदैँ नागरिक उड्डयन प्राधिकरण फ्लाईट सेफ्टी विभागका प्रमुख राजु श्रेष्ठले नेपालको प्याराग्लाइडिङलाई सुरक्षित गन्तव्यको रुपमा स्थापित गर्नुपर्ने बताए ।

कोरोना महामारी सुरु हुनु पहिले सन् २०१९ अगाडी दैनिक ४ सय भन्दा बढि पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेका भएपनि अहिले दैनिक १ सय भन्दा कमले प्याराग्लाइडिङ गर्ने गरेको व्यवसायी बताउछन् ।

पोखरामा प्याराग्लाईडिङ कम्पनीहरु ६५ कम्पनीहरु ३९९ पाइलटहरु छन् ।

  • २४ आश्विन २०८०, बुधबार १७:०३ प्रकाशित