गुल्मी ।
गुल्मीमा पहिरोमा पुरिदाँ एक मजदुरको ज्यान गएको छ । अरु २ जना घाइते भएका छन् ।
रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा मजदुरको ज्यान गएको हो ।
ज्यान जानेमा प्युठान जिल्ला गौमुखी गाउँपालिका वडानम्वर ३ निवासी १७ वर्षका डोरबहादुर घर्ती रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक एसपी नवीनकिशोर प्रधानले जानकारी दिए ।
पहिरोमा परेर रेसुङ्गा नगरपालिका वडानम्वर–३ निवासी घरधनी ७९ वर्षका शेरबहादुर बेल्बासे र प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर ३ निवासी २४ वर्षका टेकबहादुर घर्ती घाइते भएका प्रहरीले जनाएको छ ।














