पोखरा ।
शुभ सौगात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। सहकारीका अध्यक्ष ललित बहादुर बानियाको सभापतित्त्वमा साधरण सभा सम्पन्न भएको हो । साधारण सभामा पोखरा महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष बोध बहादुर कार्किको प्रमुख आतिथ्यता रहेको थियो ।
सो अवसरमा बोल्दै कार्कीले सहकारीलाई कत्तिको चलाएमान बनाउने भन्ने ठूलो हात सहकारीको सेयर सदस्यको रहने बताए। कार्यक्रममा कार्किले पैसा बचत गर्नु परे पनि र ऋण झिक्नु परे पनि सबै सेयर सदस्यले आफ्नो शेयर राखेको सहकारी बाट कारोबार गरे सहकारीलाई चल्न सजिलो हुने बताए।
रास्ट्रीय सहकारी बैंक गण्डकी प्रदेशका प्रमुख नरेश पाण्डेले सम्पूर्ण सेयर सदस्यलाई मासिक बचत गर्न कन्जुस्याइँ नगर्न आग्रह गरे । २०६६ सालमा बोध बहादुर कार्कीको अध्यक्षतामा ८९ जना शेयर सदस्य बाट रु १ करोड ३६ लाख बाट सुरु गरिएको यस सहकारी अहिले २०८० साल सम्म आईपुग्दा ३ हजार २७४ जना सेयर सदस्य पुगेको छ ।
हाल सस्थाको कुल पुजि रु ६ करोड ४८लाख ८१ हजार रहेको छ। हाल सस्थामा एक जना प्रबन्धकसहित १० जना कर्मचारी कार्यरत रहेका छन। सहकारी उपाध्यक्ष टीका थापा कार्किले स्वागत गरेकी थिइन भने कार्यक्रमलाई सबिना अधिकारी क्षेत्री , सल्लाहकारहरु महेन्द्र राज आचार्य र जेबि कुवरले गरेका थिए। कार्यक्रम संचालन सस्थाका सचीव नरेन्द्र कुवरले गरेका थिए। कार्यक्रममा जेष्ठ नागरिक , उत्कृष्ट बचतकर्ता र उत्कृष्ट कारोबारी र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो।














