पृथ्वीचोकमा यात्रीलाई सास्ती दिने दुईजना प्रहरी नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको पृथ्वीचोकबाट देशका विभिन्न ठाउँमा पुग्ने यात्रुले सवारी साधन चढ्ने बेला हैरानी बेहोर्नु परेको नौलो होइन । यो छिटो जान्छ भन्दै यात्रुलाई जवरजस्ती चढाउन खोज्ने र झोला नै खोसेर लैजाने जस्ता घटना सामान्य मानिएका बेला कास्की प्रहरीले यसरी जवरजस्ती आफ्नो सवारी साधनमा चढाउन खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।

तनहुँको ब्यास–१४ घर भइ हाल पोखरा–९ पृथ्वीचोक बस्ने २४ वर्षका मन्जित महरा र रौतहटको गौर घर भइ हाल पोखरा –१३ मियापाटन बस्ने २४ वर्षका अमर शाहलाई कास्की प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकका अनुसार पक्राउ गरेका दबैजनालाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा थप अनुसन्धान प्रकृया अगाडी भढाइएको ।

उनीहरुले सार्वजनिक सवारी साधनमा चढ्ने बेला सर्वसाधरण यात्रुहरुलाई जबरजस्ती आफ्नो सवारी साधनमा चढाउने तथा ईच्छा विपरीत जबरजस्ती गरी झोला समेत खोसाखोस गरी  दुःख हैरानी समेत दिई अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । यसरी कसैले अभद्र व्यवहार गरे प्रहरीमा खबर गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

  • ६ आश्विन २०८०, शनिबार ११:०५ प्रकाशित