क्यानको सचिवमा उम्मेद्वारी दिने पारसको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पूर्व कप्तान पारस खड्का उठ्ने भएका छन् । शुक्रबार काठमाडौंमा क्यानको साधारणसभा सुरु भइसकेको छ ।

यसैबीच खड्काले आफूले सचिवमा उम्मेद्वारी दिने पारसले घोषणा गरेका हुन् । भोलि शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । साधारण सभामा भाग लिन जिल्ला, प्रदेशबाट प्रतिनिधि काठमाडौं आईपुगेका छन् । निर्वाचनका लागि शनिबार मतदान हुने क्यानले तालिका सार्वजनिक गरेको छ ।

अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन् । पारस हाल बागमती प्रदेशका अध्यक्ष समेत हुन् । अन्यले भने अहिलेसम्म उम्मेदवारी घोषणा गरेका छैनन् ।

  • ५ आश्विन २०८०, शुक्रबार १५:५० प्रकाशित