रेडक्रसकर्मी पनि तोडफोडमा उत्रिए , विधान अधिवेशन स्थगित

केन्द्रभाग मिडिया

पोखरा ।
संसदमा सांसदहरु तोडफोडमा उत्रिएका  समाचारलाई समान्य रुपमा लिने नागरिकमाझ अहिले अधिवक्ताहरु नै कुटाकुटमा उत्रेको विषयले चर्चा पाइहरेको छ । यो चर्चा र दृष्य नसेलाउँदै आइतबार रेडक्रसकर्मी पनि तोडफोडमा उत्रिएका सार्वजनिक भएको छ ।

असन्तुष्ट असन्तुष्ट पक्ष तोडफोडमै उत्रिएपछि नेपाल रेडक्रस सोसाइटीको विधान अधिवेशन स्थगित भएको छ। थापाथलीस्थित कार्की ब्यांक्वेटमा आइतबार सोसाइटीको अधिवेशन सुरु गरिएको थियो ।

सोसाइटीका उपकोषाध्यक्ष होम पाठकका अनुसार केन्द्रीय सदस्य मोहन पोखरेल, सुवोध सिंह, उमेश थापा, श्याम लुइँटेल नेतृत्वको असन्तुष्ट पक्षले अधिवेशनको ब्यानर तथा कुर्सी तोडफोड गरेका हुन् । हलमा हातपातकै स्थिति हुन थालेपछि अधिवेशन स्थगित गरिएको पाठकले बताए ।

उनले भने,‘सोसाइटीको अधिवेशन सुरु भएको थियो । कार्यक्रमस्थलमा केही असन्तुष्ट पक्ष प्रवेश गरे । तोडफोड गरे । ब्यानर च्याते । कुर्सी भाँचे । रोक्न खोज्दा हात हालाहातको अवस्था आयो। प्रहरीले पनि उनीहरूलाई रोक्न खोजेन। हामीले अधिवेशन स्थगित गर्यौं ।’

  • २८ कार्तिक २०७८, आईतवार १९:०१ प्रकाशित