एमाले गण्डकीले सार्वजनकि गर्यो प्रथम अधिवेशनको लोगो

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले यहि असोज १५ र १६ गते पोखरामा आयोजना हुने प्रथम ऎतिहासिक अधिबेशनको लोगो मंगलबार सार्बजनिक गरेको छ ।अधिबेशन प्रचार प्रसार समितिले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर लोगो सार्बजनिक गरेको हो।

लोगो सार्बजनिक गर्दै एमाले सचिब तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले अधिबेसनलाइ ऎतिहासिक बनाउन भएका तयारीहरूको बारेमा जानकारी दिए । अधिबेशनमा करिब ९०० जना प्रतिनिधि सहभागी हुने र असोज ९ गते प्रतिनिधि चयन हुने जानकारी अध्यक्ष नबराज शर्माले जानकारी दिए । एमालेको गण्डकीको प्रथम अधिबेशनमको पार्टी अध्यक्ष के पि शर्मा ओलिले असोज १५ गते अमरसिंह चौरमा उद्घाटन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रसार उप समिति सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए ।

एमाले गण्डकीले पतिनिधि छनोटको कार्यतालिका समेत सार्वजनिक गरेको छ । असोज ४ गते देखी प्रकृया सुरु भई ९ गते प्रतिनिधिको चयन गर्ने अन्तिम मिति तोकिएको छ । २०८० सालमा नविकरण भएका पार्टी सदस्यले प्रतिनिधि छनोटमा सहभागी हुन पाउने छन् । यस्तै अधिवेशन उद्याटनका दिन जनसहभागीता जुटाउन एमालेले घरदैलो लगायत बैठकको कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

  • २ आश्विन २०८०, मंगलवार १७:२३ प्रकाशित