माधव नेपालको आरोप : भने,‘हाम्रो पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भइरहेको छ’

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र आरोप लगाएका छन। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको बताए । उनले सबै सो षड्यन्त्रबाट होसियार रहन आग्रह गरे । उनले गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी आफूहरूको रहेको बताए ।

अध्यक्ष नेपालले गठबन्धन बनाउने काममा भूमिका आफूहरूले नै खेलेको भन्दै गठबन्धन पनि आफूले नै जोगाउनुपर्ने बताए । अनुचित कुराका विरुद्धमा संघर्ष गर्ने र नयाँ स्तरको उन्नत कम्युनिष्टहरुको एकता कायम गर्दै अघि बढ्ने नीति आफूहरूको रहेको उनले बताए ।

अध्यक्ष नेपालले एमसीसीको विरोध गर्न लगाएर आफ्नो पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भएको बताए ।

  • १ आश्विन २०८०, सोमबार १५:४० प्रकाशित