पोखरा ।
स्याङ्जामा सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । अपांगता भएकी ३२ वर्षीया महिलालाई सामूहिक बलात्कारको आरोपमा पुतलीबजार नगरपालिका–८ का २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पावलसिंह लामाका अनुसार २० भदौमा वौद्धिक अपांगता भएकी ती महिला आफ्नै घरमा बसिरहेको अवस्थामा सामूहिक बलात्कारमा परेकी थिइन् । बलत्कारका आरोपित दुबैजनालाई २८ भदौमा पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।
‘जाहेरीपछि उनीहरुलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ’, उनले भने । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार नै जिल्ला अदालत स्याङ्जाबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।