गण्डकी प्रदेश

संविधान सभाका अध्यक्ष नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

केन्द्रभाग मिडिया

पोखरा ।
संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका अध्यक्ष उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा गण्डकी प्रदेश सभाले शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा प्रदेश सभाका सभामुख कृषण प्रसाद धिताले संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०८० साल भदौ २६ गते निधन भएकोमा प्रदेश सभाको बैठकले गहिरो शोक प्रकट गरेका थिए ।

 

  • २९ भाद्र २०८०, शुक्रबार ११:४८ प्रकाशित