नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशन १४ माघ देखि १८ माघसम्म

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एकीकृत समाजवादीले आगामी १४ माघ देखि १८ माघसम्म पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ । गत ५ देखि ७ भदौसम्म बसेको केन्द्रीय कमिटी बैठकले माघ १४–१८ मशाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीले बिहीबार एक अपानि जारी गर्दै जानकारी गराएको हो ।

‘केन्द्रीय कमिटीको छैटौं बैठकबाट आगामी १४–१८माघमा पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय भएको छ । अब हाम्रो केन्द्रीय काम महाधिवेशनको तयारीमा हुनेछ,’ पार्टी अध्यक्ष माधव नेपालले जारी गरेको अपानिमा भनिएको छ।

जसको तयारी अुनसार आगामी मंसिर २५ गतेभित्र सदस्यता वितरण र नविकरणको विवरण प्रमाणिकरणका लागि केन्द्रीय संगठन विभागमा पठाउने निर्णय भएको अपानिमा उल्लेख छ ।

प्रमाणिकरणका लागि केन्द्रीय संगठन विभागमा पठाइएको र केन्द्रीय सङ्गठन विभागबाट प्रमाणिकरण भएका सदस्यले मात्र पाइने बताइएको छ । त्यस्तै, १५ कात्तिकसम्ममा महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरू तयार गरिसक्ने अपानिमा उल्लेख छ ।

१५ कात्तिक देखि १५ पुससम्म दस्तावेजहरूमा छलफल बहस चलाउने, २१ पुसमा एकैदिन प्रतिनिधि छनोट गर्ने, २५ पुस भित्र प्रतिनिधि छनोटको प्रतिवेदन केन्द्रमा पठाइसक्ने र ५ माघ २०८० भित्र प्रतिनिधिहरू यकिन गरिसक्ने कार्यक्रम तय भएको छ ।

  • २८ भाद्र २०८०, बिहीबार १६:०८ प्रकाशित