नेम्वाङको पार्थिव शरीर च्यासलबाट निवास लगियो

केन्द्रभाग मिडिया

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलबाट निवासमा लगिएको छ ।

बुधबार दिउँसोसम्म पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीर त्यसपछि नेम्वाङको निजी निवास बालुवाटारतर्फ लगिएको हो । निवासमा एक दिन राखेर मुन्धुम परम्पराअनुसारको संस्कार गरेपछि बिहीबार अन्त्येष्टी गरिनेछ ।

नेम्वाङको सोमबार राति हृदयाघातबाट ७१ वर्षको उमेर निधन भएको थियो । उनको निधनप्रति शोकमा सरकारले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

  • २७ भाद्र २०८०, बुधबार १५:१२ प्रकाशित