नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । आज गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको हो ।

यसैगरी उक्त दिन नेपालभरका सरकार कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

‘मन्त्रीपरिषदको बैठकबाट संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको निधनमा अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने र उक्त दिन नेपालभरका सरकार कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको । स्वर्गीय सुवास चन्द्र नेम्वाङको अन्तिम संस्कार यही मिति २०८० साल भर्दौ २८ गते बिहीबार हुने भएकाले उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा सार्वजनिक विदा बिदा हुने र तत् तत् निकाय कायाल्ृलयहरुमा राष्ट्रिष् झण्डा आधा झुकाइने बेहोरा सम्बन्धित सबैको जानकारी लागि अनुरोध छ’ गृहमन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।

  • २६ भाद्र २०८०, मंगलवार १९:०६ प्रकाशित