प्रधानमन्त्री दाहालद्वारा सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानसभा अध्यक्ष एवम् एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । नेम्वाङको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय राखिएको छ । प्रधानमन्त्री दाहाल एमाले मुख्यालय च्यासलमा पुगेर नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

नेम्वाङको शव आज दिनभर पार्टी कार्यालयमा राखिने जनाईएको छ । एमाले केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धासुमन व्यक्त गरेका छन् । यस्तै, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि नेपालको झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।

  • २६ भाद्र २०८०, मंगलवार १७:०७ प्रकाशित