मधेश ।
जनता समाजवादी पार्टी (जसपा)की मधेश प्रदेश सांसद विन्दुकुमारी यादवको निधन भएको छ।
लामो समयदेखि क्यान्सर रोगले ग्रसित यादवको आज बिहान जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
पाठेघरको मुखको क्यान्सरबाट ग्रसित उनको लामो समयदेखि उपचार चलिरहेको थियो।
महोत्तरी निवासी उनलाई जसपाले गत निर्वाचनमा समानुपातिक सांसद बनाएको थियो।
४१ वर्षीया यादवले २०७२ सालको मधेश आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेकी थिइन्।













