पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ २४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८९ पैसा रहेको छ ।
हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा थियो । आज डलर एकको खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा छ ।
आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६२ पैसा रहेको छ । आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९ रुपैयाँ ०७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८ रुपैयाँ २५ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३६ पैसा र बिक्रीदर २८ रुपैयाँ ४९ पैसा रहेको छ ।